News Portal

नेपालमा थप २९ सय जनामा कोरोना भाइरस सङ्क्रमण, ४३ जनाको मृत्यु

फरकपोस्ट संवाददाताश्रावण ०१ काठमाडौं
४८९ पटक
श्रावण ०१ काठमाडौं

नेपालमा थप २,९३६ जनामा कोरोनाभाइरस सङ्क्रमण र ४३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
शुक्रवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १४,१८२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ४,५६९ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो ।

कुल परीक्षणको झन्डै २१ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाएको छ ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख १२ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,५०६ पुगेको छ।

प्रतिकृया दिनुहोस्