News Portal

हतियार बोकेका भन्दा पार्टीभित्र घुसेका दुश्मनसँग बच्न गार्‍हो हुन्छ : सुदर्शन

फरकपोस्ट संवाददाताश्रावण २ काठमाडौं
१२४८ पटक
श्रावण २ काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले आफूलाई पार्टीभित्रैका केही व्यक्तिहरुको गिरफ्तार गराएको बताएका छन् ।

सर्वोच्च अदालतका आदेशमा रिहा भएका सुदर्शनले हतियार बोकेका भन्दा पार्टी घुसेका दुश्मनसँग बच्न गारो हुने बताए । शुक्रबार गरिएको सम्मान कार्यक्रममा बोल्दै सुदर्शनले भने,

“बाहिरको दुश्मन सजिलै देख्न सकिन्छ, बन्दुक समातेको दुश्मन सजिलै देख्न सकिन्छ तर हाम्रै पार्टीभित्र बन्दुक बोकेका मानिसहरु हुन्छन्, जसले हामीलाई आफै गाडीमा लिएर पुलिसलाई बुझाईदिए । बाहिरका शत्रुलाई जित्न सजिलो हुन्छ तर भित्रै नदेखिने गरी झण्डा बोकेका दुश्मन हुन्छन, परकाे दुश्मनबाट डराउनुभन्दा आफैभित्रको दुश्मनबाट सतर्क रहनु पर्छ ।”

नेपालमा कम्युनिस्टको गुराँस पहिलै रोपिएपनि जेलमा आफूले रोपेको बताए । खराब शासक भएको देशमा असल मान्छेहरु जेलमा हुने भएको भन्दै सुदर्शनले जेलमा भएका आधाभन्दा बढी व्यक्ति निर्दोष हुने गरेको बताए ।

आफ्नो लागि जेल नयाँ नभएको भन्दै सुदर्शनले पंचायतदेखि जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिसम्म आइपुग्दा पटकपटक जेलमा परेको बताए । उनले परिवर्तनको पक्षमा लागेकैले आफ्नो पार्टीका नेता कुमार पौडेललगायतको हत्या गरेको बताए । नेता सुदर्शनले जेल जीवन खेर नफालेको बताउँदै आफूले दिव्यअस्त्र ल्याएर आएको बताए । त्यो दिव्यस्त्र पार्टीका महासचिव विप्लवलाई बुझाउने बताए ।

उनले जेल विश्वविद्यालय भएको भन्दै राजनीतिककर्मीले जेल जान डराउन नहुने बताए । एक अर्को प्रसंगमा नेता सुदर्शनले नेपालका धेरै नेताहरु जेलमा जीवन बिताएर सत्तामा पुगेको बताए । उनले सत्तामा पुगेपछि जेलमा भोगेको दुःख र अवस्थालाई भुलेको बताउँदै उनीहरुले जेललाई नबुझेको बताए ।

आफूले जेलमा माक्र्सवाद राम्रोसँग पढेको आएको बताए । उनले माक्र्सवाद पूरानो भएको भन्नेहरुलाई बलियो जवाफ ल्याएर आएको बताए । आफूले जेलमा रहँदा पाँच घण्टामात्रै सुतेर अध्ययन जीवन र जगतको अध्ययन गरेको बताए ।

आफ्नो पार्टीले अगाडि सारेका जनसंग्रहको एजेण्डा सहि भएको बताउँदै सुदर्शनले अब जनतालाई व्यवस्था छान्न दिनुपर्ने बताए । जनतन्त्र ल्याउन जनताको मन जित्नुपर्ने बताए । सत्ता बदल्ने भनेको प्रधानमन्त्रीमत्रै बदलेर नहुने बताए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माइला लामाले आस्था र विचारमा नझुक्नेहरुलाई कसैले पनि हराउन नसक्ने बताए ।

उनले कसैकसैलाई आजको दिन आउछ भन्ने नलागेको बताउँदै नेता सुदर्शनलाई स्वागत गरे । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माइला लामाले आस्था र विचारमा नझुक्नेहरुलाई कसैले पनि हराउन नसक्ने बताए । उनले कसैकसैलाई आजको दिन आउछ भन्ने नलागेको बताउँदै नेता सुदर्शनलाई स्वागत गरे ।

प्रतिकृया दिनुहोस्