News Portal

चर्को भाडादरको युवा संगठन प्यूठानद्वारा विरोध तथा अनुगमन

मधुसूदन पोख्रेल साउन २ काठमाडौं
३७४ पटक
साउन २ काठमाडौं

यातायात व्यवसायिले यात्रूहरुबाट चर्को भाडा असुली गरेको भन्दै युवासंगठन प्यूठानले विरोध कार्यक्रम सहित अनुगमन गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल प्यूठानले शनिवार माण्डवी गाउँपालिका २ जस्पुरमा लामो तथा छोटो दुरीमा संचालन भएका यातायातहरुकोे अनुगमन गरेको हो ।

लामो समयसम्म लकडाउनका कारण यातायात संचालन नभएपछि सरकारले लाग्ने भाडाको २८ प्रतिशत भाडादर वृद्धि गरेता पनि यातायात व्यवसायिले सो भन्दा दोब्बर भाडा असुल गर्न थालेको गुनासो आएपछि सरोकारवालाहरुको ध्यानकर्षण गर्ने उदेश्यले कार्यक्रम गरेको युवा संगठन नेपाल प्यूठानका उपाध्यक्ष हरि बस्नेतले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा यातायात व्यवसायिले छोटो दुरीमा न्यूनतम भाडा लिए पनि लामो दुरीमा यात्रा गर्ने यात्रीहरु बाट भाडा महङ्गो लिएको पाइएको उपाध्यक्ष बस्नेतले बताउनुभएको छ । कृष्णनगर देखी आउने यात्रुहरुबाट रु ६ सय, भालुवाङ्गबाट विजुवारका लागि रु ४ सय र घोराहीबाट प्यूठान आएको रु ६ सय, भालुवाङबाट सुलिचौरका लागि ६ सय सम्म लिएको पाइएको छ ।

आगामी दिनमा पनि सरोकारवालाले यस विषयमा चासो नदिए युवा संगठनले कारबाही गरिने संगठनले चेतावनी समेत दिएको छ ।
यातायात व्यवसायिले यात्रुहरुबाट तोकिएको भन्दा महङ्गो भाडा लिएको पाइएमा तत्काल कारबाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभएको । जिल्लामा भाडादर कायम गरिएकोले तोकिएको भन्दा महङ्गो भाडा लिइएमा जिल्ला प्रहरी कार्यलयमा जानकारी गराउन सवैलाई प्रजिअ भुसालले आग्रह गर्नु भयो । यात्रुहरुले पनि टिकट काटेर मात्र यात्रा उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्