News Portal

प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता

फरकपोस्ट संवाददातासाउन ५ प्यूठान
५६९ पटक
साउन ५ प्यूठान

गोठालो गएका बेला नदीमा पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई वालिका बेपत्ता भएका छन् ।

सरुमारानी गाउँपालिका–४ बैके निबासी बोमबहादुर थापा मगरकी ८ वर्षीया छोरी विपना थापा मगर र मान्द्रे निवासी नुम बहादुर थापा मर्साङी मगरकी ७ वर्षीया छोरी सर्मिला थापामगर वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय प्यूठाका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

सोमबार अपरान्ह तिर पौडी खेल्नेक्रममा उनीहरु नदीमा बगेको थाहा भए पनि मंगलबार बिहानसम्म अवस्था पत्ता नलागेको गैरेले बताए । उनीहरू घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको स्थानीयले बताएका छन ।

प्रतिकृया दिनुहोस्