News Portal

विप्लव र प्रधानमन्त्री देउवा बिच भेटवार्ता हुँदै

फरकपोस्ट संवाददातासाउन ६ काठमाडौं
६०८ पटक
साउन ६ काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेरबहादुर देउवासंग फेरि भेटवार्ता गर्न लागेको छन ।

एमाले, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुलाई यसअघि भेटेका विप्लवले बुधबार प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् । विप्लवसहितका नेताहरुले अपरान्ह चार बजे प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री देउवालाई भेट्न लागिएको विप्लव निकट एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री देउवा र विप्लवको भेटमा गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी हुने स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस्