News Portal

सर्वोच्चको आदेशले देशमा निर्दलीय सरकार बन्यो : एमाले नेता बादल

फरकपोस्ट संवाददातासाउन ७ काठमाण्डौं
२५८९ पटक
साउन ७ काठमाण्डौं

नेकपा एमाले का नेता रामबहादुर थापा ‘बादल’ ले आफ्नो पार्टीभित्रको अन्तसंघर्ष वर्ग संघर्षमा रुपान्तरण भएको भन्दै अवसरवादीहरू पलायन भएको बताएका छन्।

पार्टी भित्रको अन्तरसंघर्ष वर्ग संघर्षमा परिवर्तन भइसकेको छ’, पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बादलले भने, ‘एकातिरबाट पार्टी विभाजन भएको छ । अर्कोतिर यही विन्दुबाट पार्टीको शुद्धीकरण पनि शुरू भएको छ । अवसरवादीहरू पलयान भएका छन् । दक्षिणपन्थी प्रतिक्रियावादी पलायन भए ।’

बादलले आफ्नो पार्टीको संसदीय दलको नेता विस्थापन गरेर अर्कै दलको प्रतिनिधिलाई प्रधानमन्त्री बनाउनु अपराध भएको दावी गरेका छन्। आफ्नो संसदीय दलको नेतालाई विस्थापन गरेर अर्को दलको प्रतिनिधिलाई प्रधानमन्त्री बनाउनु भनेको सामान्य अवसरवाद होइन्,’ उनले भने, पार्टीका कमरेडहरूले जे गर्नु भएको छ, त्यो गल्ती होइन अपराध हो ।’

उनले विचारबाट विचलित भएकाहरू बाहिरिएको भन्दै शुद्धिकरण अभियान नयाँ तरिकाबाट शुरू गर्नुपर्ने बताए । सर्वोच्च अदालतको आदेशले देशमा निर्दलीय सरकार बनेको बादलले टिप्पणी गरे ।

‘यहाँसम्म आइपुग्दाखेरी सर्वोच्च अदालतबाट बनेको कम्युनिष्ट पार्टीको सरकारबाट निर्दलीय सरकार बनेको छ,’ उनले भने, ‘निर्दलीय सरकार स्थापना भएको छ, लोकतान्त्रिक आन्दोलनमा गतिरोध पैदा भएको छ।’

धारा ७६ ९५० ले निर्दलीय सरकार बनाउने बाटो दिएको भन्दै बादलले संविधान संशोधन गर्नुपर्नेमा बादलको जोड छ ।

प्रतिकृया दिनुहोस्