News Portal

प्रचण्ड बैद्य र विप्लव सहितका कम्युनिस्ट नेताहरु एउटै मञ्चमा देखिदै

फरकपोस्ट संवाददातासाउन ७ काठमाडौं
१०८३ पटक
साउन ७ काठमाडौं

विभिन्न असहमतिका कारणले नेपालको कम्युनिष्ट पार्टी विभिन्न चिरामा विभाजित भएको कुरा सबैलाई अवगतनै छ । तर लामो समयपछि बेग्लाबेग्लै पार्टीमा रहेका नेपालका चर्चित कम्युनिस्ट पार्टीका नेताहरु एउटै मंचमा देखिने संजोग जुरेको छ । पर्सि शुक्रबार पुष्‍पलाल मित्रता केन्द्रको आयोजनामा हुने कार्यक्रममा उनीहरू एउटै मन्चमा देखिने भएका हुन् ।

जुन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ एमाले नेतृ अष्टलक्ष्मी शाक्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी लगायतका नेताहरू एउटै फोरममा देखिने भएका छन्

मित्रता केन्द्रको आयोजनामा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचनसहित नेकपाका सस्थापक नेता पुष्पलाल प्रती श्रद्धान्जली कार्यक्रम हुने केन्द्रले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्