News Portal

विपद् न्यूनीकरण जोखिम सद्भावना दूतमा : प्रकाश सपुत र सुनिता दुलाल

फरकपोस्ट संवाददातासाउन ८ काठमाडौं
६३१ पटक
साउन ८ काठमाडौं

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’ घोषणा गरेको छ । आज बिहिवार सिंहदरबारमा एक समारोहकाबीच प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेलले प्रमाणपत्र दिएर उनीहरूलाई एक वर्षका लागि ‘विपद् जोखिम सद्भावना दूत’मा नियुक्त गरेका हुन ।

गीतसङ्गीतका माध्यामबाट समुदायमा जनचेतना अभिवृद्धि गर्न आवश्यक भएकाले उनीहरूलाई दूत नियुक्ति गरिएको पोखरेलले बताए । सपुत बाग्लुङ र दुलाल सिन्धुपाल्चोक जिल्लाका हुन । सोही समारोहमा उनीहरूको ‘बाढी पहिरो, हाम्लाई चिन्ता गहिरो, बोलको’ सन्देशमूलक गीतसमेत सार्वजनिक गरिएको थियो ।

उक्त समारोहमा गायक सपुतले प्राधिकरणले रचनात्मक काम गरेर पवित्र उद्देश्यमा जोडिदिएकामा खुशी व्यक्त गर्दै, गीत, सङ्गीत, अनुहार र सामाजिक सञ्जालका माध्यामबाट नागरिकलाई सचेत गराउन आफू पूर्ण प्रतिबद्ध रहेको बताए । उनले सरकारको दूत भएर काम गरेको यो पहिलो अनुभव भएकोसमेत सुनाए ।

गायिका दुलालले महत्वपूर्ण अवसर प्राधिकरणले दिएकामा खुशी व्यक्त गरिन् । गत वर्ष सिन्धुपाल्चोक र बागलुङमा भएको ठूलो बाढी पहिरोको विपद्मा परेर ठूलो जनधनको क्षति भएको थियो । समारोहमा पोखरेलले कसैको अकालमा मृत्यु नहोस्, कसैको धनमालमा क्षति नपुगोस् भन्ने हाम्रो उद्देश्य गीतले समेटेको उल्लेख गरेकाे जानकारी दिइन् ।  “अहिलेसम्म मुलुकमा विपद्को जोखिमले जितिरहेको छ अब त्यसलाई हामीले जित्न सकौँ ।” उनले भनिन् । साे समारोहमा प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले हालसम्म भएको विपद्जन्य घटनाको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्