News Portal

भीम रावलले सभामुखलाई भेटेर फिर्ता लिए राजीनामा

फरकपोस्ट संवाददातासाउन ८ काठमाडौं
८७१ पटक
साउन ८ काठमाडौं

नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्यबाट केही दिन अघि दिएको राजीनामा फिर्ता लिएका छन् ।

रावलले आज सभाामुखलाई भेटेर पार्टी र जनताको आग्रहलाई शिरोपर गर्दै राजीनामा फिर्ता लिएको रावलले बताएका हुन् ।

रावलले साउन ३ गते विश्वासको मत भन्दा अगाडि राजीनामा दिएका थिए । पार्टी एकताको लागि शेरबहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका थिए ।

उनले सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति क्षमायाचना गरेका छन् । रावलले संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्