News Portal

संगीतकार बिबि अनुरागीको प्रेमिल गीत “ज्यानमाया” सार्वजनिक

फरकपोस्ट संवाददाताकाठमाडौं
१६७६ पटक
काठमाडौं

लोकप्रिय संगीतकार बिबि अनुरागीको प्रिय संगीतमा ज्यानमाया नामक नयाँ गीत सार्वजनिक भएको छ ।

गीतकार सुमन श्रापितको सृजना , चर्चित गायक शनि विश्वकर्मा र गायिका बिशाखा शाहीको आवाज गीतमा रहेको छ । प्रेमभावले ओतप्रोत रहेको यो गीतले माया गर्नेहरुको मन छुने संगीतकार अनुरागीको विश्वास छ ।

गीतमा प्रेमी प्रेमिकाले एकअर्काको प्रशंसा गरिएको भाव भेटिन्छ । गीतकार श्रापितका अनुसार गीत युवा पुस्तालाई रुच्ने विषयवस्तुमा आधारित रहेर सृजना गरिएकाले गीतबाट अलि बढी आशा गरिएको बताए ।

संगीतकार अनुरागीको संगीत संयोजन, सुकुराम रसाइलीको मिक्सिङ्ग (ध्वनि सम्पादन) र श्यामश्वेत रसाइलीले मास्टरिङ्ग गरेको यस गीतको रेकर्डिङ कमल थापा र किरण बिकले गरेका हुन । गीतले सबैको मन जितोस् शुभकामना हाम्रो तर्फबाट धेरै धेरै ।
भिडियो :

प्रतिकृया दिनुहोस्