News Portal

घाेडागाउँकाे राताेमाटाे र यसकाे बहुआयामिक महत्त्व

फरकपोस्ट संवाददाता
१६८० पटक

विषय प्रवेश :                                                          प्रकृतिका हरेक उपहारहरु सुन्दरताले सुसज्जित हुन्छन् । प्रकृति आफै सुन्दर र शाश्वत छ । यस सृष्टिमा प्रकृतिबाट प्राप्त हरेक बस्तुहरु वरदानतुल्य छन् । सृष्टि याने प्रकृति पनि कलाकाे विशाल भण्डार हाे । कलायुक्त अन्तरहृदयले यस सृष्टिलाई स्पर्श गर्न सक्ने मान्छे सुखी हुन्छ,भावुक हुन्छ र कलाकाे पारखी पनि हुन्छ ।

”घाेडागाउँकाे राताेमाटाे गेरु सराबरी,
दिन्ले जेठाे कान्छाे हम्ला माया बराबरी ।”

याे गीतकाे अंश मैले बाल्यकालमा सुनेकाे थिएँ,मेरै गाउँमा ।यसका रचनाकार र गायकका बारेमा मलाई कुनै जानकारी छैन । तैपनि मैले यस गीतलाई भुल्न सकेकाे छैन । किनकि याे गीत मेराे माटाेसित जाेडिएकाे छ र मेराे माटाे फेरि मेराे मुटुसित गाँसिएकाे छ । मसित मेराे मुटु रहुन्जेल याे गीत पनि मबाट बिलाउन सक्तैन । गीतकाे माथिल्लाे हरफले घाेडागाउँ र यसकाे पुछारमा अवस्थित राताेमाटाे र यसकाे सुन्दरतालाई समेटेकाे छ ।

परिचय
गाउँसमाजमा हामीले सुन्दै आएकाे भनाइ- ‘राताे राम्राे गुलियाे मीठाे । ‘रङकाे सुन्दरता हाम्रा आँखाले महसुस गर्छन् । हुनपनि सृष्टिका अनेक रङमध्ये राताेरङ्काे बेग्लै महत्व र अर्थ छ ,अनि यसकाे विशिष्ट सुन्दरता पनि । पुर्ख्याैलीहरुले भनेकाे मनमा याद आइरहन्छ-
‘युवाहरुलाई राताे चाहिन्छ, बुढाबुढीलाई ताताे चाहिन्छ ।’
जेहाेस् राताे रङ सबै उमेर समुहका मानिसहरुका लागि उत्तकै प्रिय हुन्छ । घाेडागाउँ राेल्पा जिल्लाकाे पूर्वतर्फ अवस्थित छ र याे प्यूठान जिल्लाकाे सीमानासित जाेडिएकाे छ । घाेडागाउँ सुनिलस्मृति गाउँपालिकाकाे एक नम्बर वडामा पर्दछ ।ऐतिहासिक यस विशाल वस्तीकाे आफ्नै विशेषता र माैलिकता रहिआएकाे छ । हरेक घरलाई घाेडागाउँमा पाइने राताेमाटाेले लिपेर सिङ्गार्ने चलन अघिदेखिनै चलिआएकाे छ । महिलाहरुले हरेकदिन राताेमाटाेले ढाेका पाेतेपछि जीवनभर सधवा (राताे लगाउन पाइने) हाेइन्छ भन्ने जनविश्वास रहिआएकाे छ ।

राताेमाटाेका आफ्नै विशेषता छन् जो  निम्न प्रकार छन् –

१) साँस्कृतिक विशेषता
हरेकवर्ष दशैं,तिहार ,माघेसक्रान्ती र साउने सक्रात्तीमा वर्षकाे चारपटक सम्पूर्ण घरलाई पाेत्ने परम्परा छ यहाँ । घरकाे आधाभाग माथितिर गाउँमै पाइने सेताे कमेराेले र आधा  भाग तलतिर राताेमाटाेले पाेतेर अझ सुन्दर र सफा देखाउने चलन अद्यपि कायम छ । यसैगरी दशैमा घाेडाकाेटकाे माैलाे अनि दशैंघर पनि सेताे-राताेमाटाेले रङ्गाएर सुन्दर बनाउने चलन छ । चाडपर्वकाे समयमा टाढा टाढाबाट मानिसहरु आई यहाँकाे राताेमाटाे लग्नेगर्छन् घर सिगार्नका लागि ।
२) धार्मिक विशेषता
घरमा धार्मिक कार्य पुजाआजा आदि  गर्दा बाँसकाे लिङ्गाेलाई सेताे-राताेमाटाेले रङ्ग्याई गाड्ने परम्परा छँदै छ । घाेडागाउँकाे छिमेकी गाउँ खुङ्रीमा गिरी, पुरी ,भारती आदि  दशनामी समुदायका मानिसहरुकाे बसाेबास भएकाेले उनीहरुका पुर्खाले गेरुरङ्का कपडा लगाउने गर्दथे । गेरुरङ नपाउँदाकाे अवस्थामा यही घाेडागाउँकै माटाेले रङ्गाएर लगाउने गर्दथे । त्यसैगरी स्वर्गद्वारी आश्रमबाट प्रभुमहाराज आई यहाँकाे राताे माटाे लगी अाफ्नाे जन्मस्थल रुन्टी भन्ने ठाउँमा जानेगर्दथे । प्रभुकाे शेषपछि पनि चेलाहरु आई यहीँबाट माटाे स्वर्गद्वारी लगेर कपडा रङ्गाउने गर्दथे ,गेरुरङ नपाइदाकाे अवस्थामा ।

राताे रङलाई विजयकाे रङ मानिन्छ ,क्रान्तिकाे बिम्ब मानिन्छ । जनयुद्ध कालमा यही राताेमाटाेमा छापामारहरुले सुरुङ युद्ध गर्ने भनेर बङ्कर पनि खनेका थिए जाे अझैपनि देख्न सकिन्छ । पञ्चायत कालमा भूमिगत राजनीतिक संगठन गर्न र कार्यक्रम गर्नलाई यसै राताेमाटाेकाे जङ्गललाई प्रयाेग गर्ने गर्दथे । जनयुद्धकालमा यसै राताेमाटाेमा यसै गाउँकी चेली आस्थालाई पक्डेर गाेली हानी हत्या गरेका थिए ,तत्कालीन शाहीसेनाका मान्छेले । आस्थाकाे राताे रगत पनि यसै राताेमाटाेमा मिसिएकाेले राजनीतिक विशेषता मान्न सकिन्छ ।

३) राजनीतिक विशेषता
राताे रङलाई विजयकाे रङ मानिन्छ ,क्रान्तिकाे बिम्ब मानिन्छ । जनयुद्ध कालमा यही राताेमाटाेमा छापामारहरुले सुरुङ युद्ध गर्ने भनेर बङ्कर पनि खनेका थिए जाे अझैपनि देख्न सकिन्छ । पञ्चायत कालमा भूमिगत राजनीतिक संगठन गर्न र कार्यक्रम गर्नलाई यसै राताेमाटाेकाे जङ्गललाई प्रयाेग गर्ने गर्दथे । जनयुद्धकालमा यसै राताेमाटाेमा यसै गाउँकी चेली आस्थालाई पक्डेर गाेली हानी हत्या गरेका थिए ,तत्कालीन शाहीसेनाका मान्छेले । आस्थाकाे राताे रगत पनि यसै राताेमाटाेमा मिसिएकाेले राजनीतिक विशेषता मान्न सकिन्छ ।

खेतीपातीकाे हिसावले राताेमाटाेलाई ‘माटाेकाे राजा’ पनि भन्ने गरिन्छ । म सानाे छँदा अघि बुढापाकाले भनेकाे संझन्छु -राताेमाटाे राजा कालाेमाटाे काजी र फुर्साेमाटाे पाजी । राताेमाटाे कृषिकर्मका लागि उत्तम भएकाे र प्रशस्त उब्जनी हुने भएकाेले ‘राजा’भनिएकाे हाे ।
उपसंहार
हाल यसै राताेमाटाेमा Red Soil Park काे निर्माण कार्य आरम्भ गरिएकाे छ । हालका दिनमा स्थानीय पर्यटकहरु राताेमाटाे अवलाेकन गर्न ,वनभाेज खान र फाेटाे खिच्नलाई आउने गरेका छन् । रातामाटाकै नाउँबाट यहाँकाे वनक्षेत्रलाई ‘रातामाटा सामुदायिक वन’ नामाकरण गरिएकाे छ । यस राताेमाटाेकाे ठिक तलतिर सुन्दर ओवाङ वस्ती देख्न सकिन्छ । सालकाे जङ्गलले घेरिएकाे क्षेत्रमा अनाैठाे खालकाे विशाल कलापूर्ण गुफा छ । त्यसकाे ठिक तलतिर प्राकृतिक कलायुक्त अाेडारहरु पनि छन् । यसकै ठिक तल माडीगाड अविरल बगिरहेकाे देख्न सकिन्छ । ठिक पारितिर विशाल र सुन्दर खुङ्री गाउँ ,त्रिपुरेश्वरी मन्दिर र माडीखाेलाका सुन्दर बस्तीहरु सारी ,भिङ्री जस्ता गाउँहरु अवलाेकन गर्न सकिन्छ । त्यसैगरी स्वर्गद्वारी लेक पनि दक्षिणतिर प्रष्ट देख्न सकिने भएकाेले एकपटक सबैले अवलाेकन भ्रमण गरेर अध्ययण गर्न जरुरी छ ।
लेखक : साहित्यकार खेमराज शर्मा त्यहाँको स्थानीय हुनुहुन्छ 

प्रतिकृया दिनुहोस्