News Portal

अघिल्लो सरकारको जनविरोधी कार्यलाई खारेज गर्ने जिम्मेवारी अहिलेको सरकारले लिनुपर्छ : रामकुमारी झाँक्री

फरकपोस्ट संवाददातासाउन १९ काठमाण्डौं
५०७ पटक
साउन १९ काठमाण्डौं

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अहिलेको सरकारले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्ने जिम्मेवारी पनि लिनुपर्ने बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्व मात्र बोकेर नपुग्ने भन्दै अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार गर्नुपर्ने बताएकी हुन् ।

अघिल्लो सरकारले झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्न पाउने गरी गरेको निर्णय खारेज गर्नुपर्ने नेतृ झाँक्रीले बताइन् ।

‘झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्ग बिक्री गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णय खारेज गर्नुपर्छ भनेर झापाको एउटा प्रतिनिधिमण्डल आएको थियो, यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन् ।

नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ इंगित गर्दै अघिल्लो सरकारले तुइन एरा सिद्धियो भनेर गफ दिएको तर दार्चुलामा तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएको पनि बताइन् । अनलाइन खबर

प्रतिकृया दिनुहोस्