News Portal

मन्त्री नबनाए आत्महत्या गर्ने माओवादी नेता गजुरेलको चेतावनी

फरकपोस्ट संवाददातासाउन १९ काठमाडौं
७६२८ पटक
साउन १९ काठमाडौं

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पार्टी स्थायी समितिको बैठकमा आफूलाई मन्त्री नबनाए आत्महत्या गर्ने चेतावनी दिएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीबारे टुंगो लगाउन आयोजित बैठकमा सिन्धुलीबाट प्रतिनिधित्व गर्ने सांसद गजुरेलले यस्तो अनौठो धम्की दिएका हुन्
म टोपबहादुरसँगै एमालेमा गएको भए मन्त्री हुने थिएँ,’ गजुरेलले बैठकमा दिएको धम्की उद्धृत गर्दै एक नेताले भने, ‘म बाबुराम भट्टराईको पनि नेता हो । मेरै नेतृत्वमा बाबुरामहरू माओवादीमा एकीकृत भएका हुन् । मलाई नपठाएर नारायणकाजी वा अरू कसैलाई पठाए आत्महत्या गर्छु । मैले किन अवसर नपाउने ?’ गजुरेलले बैठकमा आत्महत्याको कुरा गरेपछि नेताहरू भावुक बनेका थिए । गजुरेलको यस्तो धम्कीपछि प्रचण्डसमेत तनावमा परेको बताइन्छ ।

नारायणकाजी रोक्न हरिबोलको अस्त्र

माओवादी केन्द्रमा अहिले मन्त्री हुनेबीच मात्र होइन, पार्टीबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेमा पनि उत्तिकै प्रतिस्पर्धा र द्विविधा छ । खासगरी नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र हरिबोल गजुरेलले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी राख्दै आएका छन् ।

नारायणकाजीले पार्टीको तर्फबाट सरकारको नेतृत्व आफूले पाउनुपर्ने अड्डी कसेपछि तेस्रो व्यक्ति गजुरेललाई अवसर दिएर उनलाई रोक्ने रणनीतिमा केही नेता लागेका छन् । स्रोतका अनुसार, हरिबोलले बैठकमा आत्महत्याको धम्की दिएपछि महरा, वर्षमान पुन, शक्ति बस्नेतलगायत नेताहरूले उनलाई नै पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्नेगरी पठाउन समर्थन गरेका छन् । आफ्नो काउन्टरमा हरिबोललाई अघि सारेपछि नारायणकाजी भने निराश बनेका छन् ।

गजुरेल यसअघि ८ महिना कृषि मन्त्री बनेका थिए । गमलामा धान रोप्नेदेखि गाई मरेको प्रसंगमा ग्वाँ ग्वाँ रोएपछि उनी मजाकको पात्र बनाइएका थिए । उनै गजुरेलले आत्महत्याको धम्की दिएपछि मन्त्री छान्ने बैठक बिना निष्कर्ष स्थगित भएको छ । राजनीति

प्रतिकृया दिनुहोस्