News Portal

प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ ट्रेडिङको एक नम्बरमा

फरकपोस्ट संवाददातासाउन २३ काठमाडौं
९२० पटक
साउन २३ काठमाडौं

लोकप्रिय कलाकार प्रकाश सपुतको सन्देशमूलक तीज गीत ‘कुरा बुझ्न पर्च’ सार्वजनिक भएको छ । महिलामाथी हुने गरेको हिंसा र दक्ष महिला बन्नतिर उत्प्रेरणा दिने तागत गीतको श्रव्य दृश्य सामाग्रीमा समावेश रहेको छ । गीतमा चर्चित गायिका शान्ती श्री परियार र समीक्षा अधिकारीले आवाज दिएका छन् ।

प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको एरेन्ज कृष्ण भान्जाले गरेका हुन भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन ।

सर्जक सपुतले गीतमा युवतीको कथालाई कलात्मक रुपमा अडियो र भिडियो मेकिङ्गमा उतारेका छन । आफ्नो गीतमा आफैंले निर्देश गर्दै आएका सपुतले यो गीतमा पनि आफैंले गरेका छन । म्यूजिक भिडियोमा चर्चित नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनिल विकको अभिनय रहेको छ । प्रकाश सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार गीत सार्वजनिक भएको हो । सार्वजनिक भएको एक दिनको अवधिमा मात्र युटुबमा उक्त गीतलाई १० लाख पटक हेरिसकिएको छ भने अहिले ट्रेडिङको एक नम्बरमा रहेको छ ।

सामाजिक सञ्चाल फेसबुक पेजमार्फत गीत शेयर गर्दै सर्जक एवम गायक सपतुले लेखेका छन्, ‘वर्तमान युवतीमा कम्तीमा यत्तिको आत्मविश्वास हुन जरुरी छ । गीत र भिडियोमा आवद्द यो टिमसँग मिलेर मैले आफ्नो दृष्टिकोण राखेको छु । अब तपाइँले आफ्नो दृष्टिकोण राख्नुहोला । धन्यबाद धेरै माया ।’

गत वर्ष पनि गायक सपुतले बलात्कारसँग सम्बन्धित तीज गित ‘बदला बरिलै’ सार्वजनिक गरेका थिए । उक्त गीतले एकदमै चर्चा कमाएको थियो ।

प्रतिकृया दिनुहोस्