News Portal

रोल्पाको घर्तीगाउँमा एम्बुलेन्स दुर्घटना हुदा चालकको मृत्युु

फरकपोस्ट संवाददातासाउन ३० रोल्पा
८६८ पटक
साउन ३० रोल्पा

रोल्पा जिल्लाको माडी गाउँपालिका २ घर्तिगाउँमा भएको एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु भएको छ । माडी गाउँपालिका वडा नं. २ खोलवाङमा बिहान साढे ३ बजेतिर स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना भएको थियोे । दुर्घटनामा परि एम्बुलेन्स चालकको मृत्यु भएको छ ।

चालक रोल्पा माडी ६ कोर्चवाङकै रहेको इलाका प्रहरी कार्यालय घर्तिगाउँले जनाएको छ । भैरहवाबाट कोर्चवाङ शव पुराएर फर्कने क्रममा सहीदमार्ग सडक खण्डको माडी २ खोलबाङमा एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ६ सय मिटर तल खसेको छ ।

प्रतिकृया दिनुहोस्