News Portal

संगीतकार बिबि अनुरागीका ७७ वर्षीय आमाको आवाजमा “उइले उइलेको तीज” गीत

गोविन्द अनेक साउन ३० काठमाडौं
१८८० पटक
साउन ३० काठमाडौं

नेपाली हिन्दु नारीहरुको महान पर्व तीज नजिक नजिक आउदै गर्दा सांगीतिक बजार यतिबेला तीजका गीतले तातिएका छन । विभिन्न चर्चित चर्चित कलाकारहरुले तीज संग सम्बन्धित गीतहरु बजारमा ल्याउने क्रम पनि जारी नै छ तर सरसर्ती हेर्दा पछिल्लो समय तीज गीतको नाममा रत्यौली गीत र संस्कृति भाड्ने खालका गीतहरु आएका छन कतिपय गतिहरु त एकदमै विवादित पनि भइरहेका छन यसको मुख्य कारण हो तीज गीतमा प्रयोग गरिएका अश्लिल शव्द एवम् दृश्यहरु ।
तीज गीत भनिएको छ तर सबै परिवार बसेर सुन्न मिल्ने हेर्न मिल्ने खाल छैनन् । तीजका गीत भनेको त चेलीबेटीको पिर, व्याथा रोदन बोल्ने हुनुपर्छ र पो संस्कृतिको जर्गेना हुने हो तर त्यस्तो हैन त्यसको ठिक विपरित धुर्वमा गइरहेको छ पछिल्लो पुस्ताको तीज गीत । यसो भन्दै गर्दा सबैको गीत नराम्रा पनि हैन धेरै कलाकारहरुका तीज गीत जो तीज गीत भन्न लायक र सुन्न लायक नि छन यस्ता गीत सृजना गर्ने गाउने कलाकार सष्ट्रा सर्जकलाई हामीले धन्यवाद दिनैपर्छ । यसै सन्दर्भमा हामीले चर्चा गर्दै छाैं संगीतकार बिबि अनुरागीका ७७ वर्षीय आमा पवित्रा रसाइलीको आवाजमा वर्षाे पहिले गाइने तीज गीत “उइले उइलेको तीज” नामक मौलिक तीज गीतको । यसपालिको तीजलाई मध्यनजर गर्दै अनुरागीले आफ्नो आमाको आवाजमा पुरानो शैलीको तीज गीत हिजोमात्र आफ्नो अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरेका छन ।
परम्परागत रुपमा गाइदै आएको भाकामा अनुरागीले मर्मस्पर्शी, रमाइला र सन्देशमूलक शब्दहरु भरेर गीत तयार पारेका छन । गीत अत्यन्तै मार्मिक, मौलिक, सांस्कृति र सन्देशमूलक रहेको गीतको श्रव्य दृश्य सामाग्रीमा सुन्न र देख्न सकिन्छ । गीतमा उईले उईले बुहारीहरुले भाग्नुपर्ने दर्दका कुरा, उबेलाका समयमा चेलीबेटीहरुले गर्ने गरेका दैनिकी कुरा लगायतका तमाम पुराना रोचक र सन्देशमूलक कुराहरू बोलेको छ ।

बाकी भिडियोमै हेर्नुहोस्

प्रतिकृया दिनुहोस्