News Portal

रोल्पामा पहिरोले पुरेर २ जनाको मृत्यु

फरकपोस्ट संवाददाताभदौ २१ रोल्पा
११२५ पटक
भदौ २१ रोल्पा

रोल्पाको धबाङमा गएराती परेको अविरल बर्षाका कारणले पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ ।
३ दिनदेखि परेको अविरल वर्षाका कारणले राती १ बजे पहिरो गएको र सो पहिरोले घर पुरिदा ५ वर्षिय बालिका र ७० वर्षीया वृद्धा गौरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाको टोली लगायत स्थानीयबासीले उद्धार गरिरहेको उपरीक्षक सुवेदीले बताउनुभयो । यसैबीच मुख्यमन्त्री कुलप्रसाद केसीले आफूलाई घटनाको जानकारी आइसकेकाले त्यसलाई उद्धार तथा राहतका लागि जिल्ला प्रशासन रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पालाई निर्देशन गरि सकिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्