News Portal

प्यूठान नगरपालिकाका उपप्रमुख नेकपा समाजवादीमा

फरकपोस्ट संवाददाताभदौ २१ काठमाडौं
८५९ पटक
भदौ २१ काठमाडौं

नेकपा एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादीमा प्यूठानका जनप्रतिनिधि पनि समावेश भएका छन् ।

सोमबार प्यूठान नगरपालिकाका उपप्रमुख सहित ४ जनाले सनाखत गरि नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

नगरपालिकाका उपप्रमुख शान्ता आचार्य सहित वडा नम्वर ९ का तीन जना सदस्यले सनाखत गरेको नेकपा एकीकृत समाजवादी प्यूठानका सचिव दिपेन्द्र केसीले जानकारी दिनुभयो ।

प्यूठान नगरपालिका वडा नम्वर ९ का वडा सदस्य निम बहादुर घर्तिमगर, राजेन्द्र केसी र चित्रकली नगरकोटीले निर्वाचन कार्यालय प्यूठानमा पुगेर सनाखत गर्नुभएको हो । प्यूठान समाचार

प्रतिकृया दिनुहोस्