News Portal

खुल्ला मञ्चबाट विप्लवको प्रश्न: एमसीसी रोज्नुहुन्छ कि देश ?

फरकपोस्ट संवाददाताभदौ २८ काठमाडौं
४२६ पटक
भदौ २८ काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले एमसीसी रोज्नु हुन्छ कि देश भन्दै आम जनसमुदाय सामु प्रश्न गरेका छन् । खुल्ला मञ्चमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै देशलाई बचाउन एमसीसीका बिरुद्द झिल्को बन्न सबैलाई आव्हान गरे । देशको स्वाभिमान बचाउन मेची देखि महाकालीसम्म, तराई देखि हिमालसम्मका मानिसहरु एकसाथ जुट्न महासचिव विप्लवले अनुरोध गरे ।

पानीको झरीमा भिज्दै गर्जिरहेका विप्लवले देशका दलालहरुलाई आफूहरू को नेतृत्वमा लखेट्ने उद्घोष समेत गरे । उनले भने ‘देशका दलालहरुलाई नलखेटेसम्म नेपालीहरुले सुख पाउने छैनन, त्यसैले यी दलालहरुलाई अब लखेटौ’।

यसैबीच महासचिव विप्लवले मानव जातीको सबै भन्दा उत्तम सभ्यता साम्यवाद नआउदा सम्म लडी रहने बताएका छन् । साथै यसको विकल्प बैज्ञानिक समाजवाद रहेको दाबी गरे ।

प्रतिकृया दिनुहोस्