News Portal

कपिलवस्तुमा बस दुर्घटना, १८ जना घाइते

फरकपोस्ट संवाददाताअसोज २ काठमाडौं
१०७३ पटक
असोज २ काठमाडौं

शनिवार बिहान कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा यात्रुबाहक बस सडकमा पल्टिँदा १८ जना यात्रु घाइते भएका छन्।

काठमाडौंबाट यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ तर्फ पल्टिदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा ३१ जना यात्रु सवार थिए ।
१८ जना मध्ये ५ जना स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । एक्सिस खबर

प्रतिकृया दिनुहोस्