News Portal

गायक हेमन्त शर्मा मगर संघ अमेरिकाद्वारा सम्मानित

फरकपोस्ट संवाददाताअसोज १२ काठमाडौं
९७९ पटक
असोज १२ काठमाडौं

लोकप्रिय गायक हेमन्त शर्मा अमेरिकामा सम्मानित भएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक शर्मालाई मगर संघ डिएभी च्याप्टरले सम्मान गरेको हो ।

नेपाली सांगीतिक क्षेत्रमा लामो समय यो देखि योगदान गर्दै आएका शर्मालाई नेपाली गीत संगीतमा उनको योगदानको मूल्यांकन गर्दै सम्मान गरेको मगर संघका अध्यक्ष ललित तिलिजा मगरले जानकारी दिए ।

अमेरिकाको बाल्टिमोरमा भएको सम्मान कार्यक्रममा मगरले भने, ‘मगर संघ जहाँ भए पनि नेपाली गीत संगीत र कलाको सम्मान गर्न सधैं अग्रसर रहन्छ ।’ 

सम्मानित भएपछि गायक शर्माले फेसबुकमार्फत् संघलाई धन्यबाद दिएका छन् । उनले फेसबुकमा मगर भाषा मार्फत् नै धन्यबाद दिएका छन् । लेखेका छन्, ‘पट्टकोके झोर्ले ! मगर समाज D M V Chapter USA यिलाङ उपस्थित पट्टको रोह ईसै सम्मानओ लागि ढलिंङ ढलिंङ धन्यवाद ले है ’ 

गायक शर्मा एक महिना लामो सांगीतिक भ्रमण सकेर स्वदेश फर्किसकेका छन ।

प्रतिकृया दिनुहोस्