News Portal

विप्लव निकट मगर मुक्ति मोर्चा प्यूठानको अध्यक्षमा नर बहादुर थापा निर्वाचित

राजेन्द्र राउत क्षेत्री असोज १८ काठमाडौं
१०९९ पटक
असोज १८ काठमाडौं

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जन वर्गिय संगठन मगर मुक्ति मोर्चा नेपाल प्युठान काे दाेस्राे जिल्ला सम्मेलन सोमबार सम्पन्न भएको छ ।

सम्मेलन ले नर बहादुर थापा मगरकाे अध्यक्षतामा २ जना पछि थप्ने गरि १५ सदस्यीय मगर मुक्ति मोर्चा नेपाल जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जसकाे उपाध्यक्षमा उमाराम घर्ती मगर र पिङ्कि बुढा मगर सचिव बाेम बहादुर पुन मगर , सह सचिव किरण पुन मगर र काेषाध्यक्ष हाेम बहादुर पुन मगर लगायत रहेका छन् ।

कार्यक्रममा बोल्दै मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय महासचिव इन्द्र बहादुर घर्ती मगर ले देशमा बैज्ञानिक समाजवादी व्यवस्था स्थापना नगरे सम्म जातीय मुक्ति सम्भव नरहेकाले एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापना काे लागि सम्पूर्ण मगर समुदाय एकजुट हुन अाग्रह गर्नु भयाे ।

उहाले भन्नू भयाे -” नेपालमा विभिन्न परिवर्तनको अान्दाेलनमा मगरहरुकाे अग्रणी भुमिका रहे पनि राज्यको निर्णय गर्ने स्थानमा मगर समुदायकाे प्रतिनिधित्व नरहनु दुखद पक्ष हाे ।” त्यस्तै कार्यक्रममा ने.क.पा.प्युठान का सेक्रेटरी अजय , जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष राजेन्द्र रावत क्षेत्री , जनजाति अान्दाेनका नेता भाेज बिक्रम बुढा मगर , हरि बि. एम. लगायत ले सम्मेलन पुर्ण सफलताको शुभकामना तथा नव निर्वाचित कार्यसमिति लाई बधाई मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्