News Portal

युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य विप्लव नेकपामा प्रवेश

फरकपोस्ट संवाददाताअसोज २५ काठमाडौं
१७३२ पटक
असोज २५ काठमाडौं

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य मुक्ती पोख्रेलले एमाले छोडेका छन् । सोमबार पोख्रेलले एमाले छोड्दै नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट्र पार्टी रोजेका हुन् ।

पोख्रेलले एक प्रेश बिज्ञप्ती मार्फत नेकपा एमाले छोडेको घोषणा गरेका छन । संसदीय राजनीतिबाट देशले निकास नपाउने भन्दै अाफू नेकपामा समाहित भएको पोख्रेलले बिज्ञप्तीमा उल्लेख गरेका छन । प्यूठानको दाखाक्वाडी निवासी पोख्रेल एमाले प्युठानका जिल्ला सदस्य समेत हुन्

नवप्रवेशी पोख्रेललाई नेकपा पार्टी जिल्ला सचिवालय सदस्य एवं किसान राप्ती व्युरो इन्चार्ज केशब, पार्टी जिल्ला सदस्य एवं युवा संगठन प्यूठानका उपाध्यक्ष हरि बस्नेत पार्टी जिल्ला सदस्य एवं युवा जिल्ला सचीव बिरबल र पार्टी जिल्ला सदस्य एवं मगर मुक्ती मोर्चा जिल्ला अध्यक्ष गम्भीर लगायतले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्