News Portal

मुगु दुर्घटना अपडेट : मृत्युु हुनेको संख्या २४ पुग्यो

फरकपोस्ट संवाददाताअसोज २६ काठमाडौं
७७३ पटक
असोज २६ काठमाडौं

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको छ । दुर्घटनामा घाइते १६ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। जसमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्‍ज लगिएको छ। घाइते एकजना बालिकाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। बसमा ४० जना यात्रु सवार रहेका थिए ।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख  ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस्