News Portal

गोरु काटेको आरोपमा रोल्पामा १३ जना पक्राउ

फरकपोस्ट संवाददाताकार्तिक ४ रोल्पा
११२८ पटक
कार्तिक ४ रोल्पा

गोरु काटेको आरोपमा रोल्पा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । रुन्टिगढी गाउँपालिका-१ लापालका २० वर्षीय आकाश घर्ती मगर लगायत १३ जनालाई गोरु काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिब ८० केजी गोरुको मासु भागबन्डा गरिरहेको अवस्थामा पक्राउ गरेको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कान्तिपुरबाट

प्रतिकृया दिनुहोस्