News Portal

एमालेले आज ओलीको प्रस्तावमा सर्वसम्मत नेतृत्व घोषणा गर्ने

फरकपोस्ट संवाददातामंसिर १२ काठमाण्डाैं
६४८ पटक
मंसिर १२ काठमाण्डाैं

नेकपा एमालेको चितवनमा जारी दसौँ महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा आज आइतवार अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी, पदाधिकारी र बिभिन्न आयोगमा रहनेहरूको नामावली पेश गर्ने भएका छन । पार्टीका ३ सय १ केन्द्रीय सदस्य, १९ जना पदाधिकारी र विभिन्न आयोगका अध्यक्षहरूको सर्वसम्मत सूची तयार पारेर बन्दसत्रमा पारितका लागि पेश गर्ने तयारी अध्यक्ष ओलीको छ ।

आज मध्यान्ह् १२ बजे एमालेको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने सूचीमा सर्वसम्मत पारित हुन्छ । त्यसमा नेता भीम रावलले मतदानको माग गर्नुभयो भने उहाँको पक्षमा कति जना हुनुहुन्छ भनेर महाधिवेशन प्रतिनिधिलाई सोध्छौँ र निष्कर्ष निकाल्छौँ ।’ एमाले नेता तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

नेता रावलले यसअघि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका थिए ।

एमाले पार्टी कार्यालय सचिव तामाङले सर्वसम्मत नेतृत्व छान्दै आजै महाधिवेशन समापन गरिने जानकारी दिए ।

हिजोको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयन गर्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । नेतृत्व छान्नका लागि अध्यक्ष ओलीलाई सर्वाधिकार दिने प्रस्ताव सङ्गठन विभाग प्रमुख नेता विष्णु पौडेलले गर्दा अर्का नेता भीम रावलले तत्कालै आपत्ति जनाएका थिए ।

कुनै एक व्यक्तिको हातमा पार्टी जिम्मा लगाउँदा आन्तरिक लोकतन्त्र कम्जोर हुने भएकाले आफूले असहमति जनाएको नेता रावलले बताए ।

जवाफमा अध्यक्ष ओलीले नेतृत्वका लागि आफूले गरेको प्रस्तावमा चित्त नबुझे चुनावमा जान सकिने बताएका थिए । एमाले केन्द्रीय कमिटीको १५ औें बैठकद्वारा निणर्य गरिएको पार्टीको विधान संशोधन प्रस्तावलाई बन्दसत्रले पारित गरेको छ ।

बन्द सत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी सङ्ख्या विभाजन गरेको छ ।

प्रतिकृया दिनुहोस्