News Portal

प्यूठानका डा. गाेविन्द पाेख्रेल काँग्रेस केन्द्रीय सदस्यमा विजयी

फरकपोस्ट संवाददाता
१०३६ पटक

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा प्रा.डा. गोबिन्दराज पोख्रेल विजयी भएका छन् । आइतबार राति सम्पन्न मतगणनामा १८४३ मतसहित पोख्रेल केन्द्रीय सदस्यमा बिजयी भएका हुन। खुल्ला ३५ पदका लागि ९९ जना चुनावी प्रतिस्पर्धामा थिए।

शेखर कोइराला पक्षबाट उम्मेद्धवार बनेका पोखरेल शिर्ष ३५ मध्ये २७ औं स्थानमा परेका हुन ।

केन्द्रीय सदस्यमा निर्वाचित भएपछी पोख्रेलले सामाजिक संजाल फेसबुक मार्फत सबै महाधिबेशन प्रतिनिधि एवं शुभेच्छुकहरुलाई धन्याबाद दिएका छन। उनले फेसवुकमा लेखेका छन नेपाली काङ्ग्रेसको १४ औँ महादिवेशनमा खुला केन्द्रिय सदस्य तर्फ १८४३ मत सहित ९२७ औँ स्थानमा विजयी बनाउनुहुने महादिवेशन प्रतिनिधि तथा शुभचिन्तकहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

नेपाली काङ्ग्रेसको ईतिहासमा प्युठानबाट केन्द्रिय सदस्य जित्ने पोख्रेल पहिलो व्यक्ति हुन । राष्ट्रिय योजना आयोगको पुर्व उपाध्यक्ष रहेका प्यूठान निबासी डा. पोख्रेल युवामाझ लोकप्रिय रहेका छन् ।

हेर्नुहोस् बिजयी हुने केन्द्रीय सदस्यहरुको सूची

डा. शशांक कोइराला
एनपी साउद
बालकृष्ण खाण
उदयशमशेर राणा
रामहरी खतिवडा
रमेश लेखक
ज्ञानेन्द्रबहादुर कार्की
शंकर भण्डारी
जिपछिरिङ लामा
अर्जुननरसिंह केसी
गोपालमान श्रेष्ठ
जितजंग बस्नेत
नैनसिंह महर
सुनीलबहादुर थापा
डा. रामशरण महत
दिलेन्द्रप्रसाद बडु
मोहनबहादुर बस्नेत
बलबहादुर केसी
गोविन्द भट्टराई
कुन्दनराज काफ्ले
दीपक गिरी
सुरेन्द्रराज पाण्डे
पद्मनारायण चौधरी
गुरु बराल
डा। गोविन्दराज पोखरेल
राजीव ढुंगाना
सञ्जयकुमार गौतम
दिनेश कोइराला
मदनबहादुर अमात्य
अजयबाबु शिवाकोटी
उमेशजंग रायामाझी
गणेश लामा
कृष्णकिशोर घिमिरे
डा।गोपाल दहित
मोहन आचार्य

प्रतिकृया दिनुहोस्