News Portal

पितृशेकमा नेता भुसाल, महासचिव विप्लवद्वारा श्रद्धाञ्जली

फरकपोस्ट संवाददातापाैष १४ कपिलवस्तु
२६२० पटक
पाैष १४ कपिलवस्तु

नेकपाका केन्द्रीय सदस्य भेषराज भुसाललाई पितृशोक परेको छ । भुसालका ९३ वर्षीय बुबा नीलकण्ठ भुसालको पुस १४ गते बुधबार साँझ शिवराज नगरपालिका वडा नं। ३ खरेश्वर, कपिलवस्तुमा निधन भएको हो । मृतक नीलकण्ठ भुसालको आज बिहान शिवराजस्थित बेलखोलामा अन्तिम संस्कार गरिएको छ ।

नेकपाका महासचिव विप्लवले अन्तिम संस्कारका क्रममा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सम्बोधन गर्दै मृतकप्रति श्रद्धाञ्जली र नेकपा नेता भेषराजलगायत शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

श्रद्धाञ्जली मन्तव्यका क्रममा महासचिव विप्लवले सामान्य परिवारमा जन्मिएर पनि सन्तानलाई शिक्षादीक्षा प्रदान गर्न, समाजसेवा, राजनीतिजस्ता सामाजिक काममा लाग्न प्रेरित गर्ने नीलकण्ठ भुसालजस्ता बुबाहरू कमै हुने भन्दै बुबाको प्रशंसा गरे । जनयुद्ध र एकीकृत जनक्रान्तिमा पनि बुबाको निरन्तर महत्वपूर्ण साथसहयोग रहेको महासचिव विप्लवले स्मरण गराए ।

भुसालको अन्तिम संस्कार कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू कृति, विजय, सञ्जीवकुमार, जुझारुका साथै नेकपा कपिलवस्तुका नेता–कार्यकर्ता, आफन्तजन र सर्वसाधारणसहित ठूलो सङ्ख्यामा सहभागिता थियो । १९८६ सालमा साबिक अर्घाखाँची जिल्ला नुवाकोट गाविस वडा नं। ३ मा नीलकण्ठ भुसालको जन्म भएको थियो । भुसालका तीन छोरा र तीन छोरी छन् । नेकपा नेता भेषराज नीलकण्ठका जेठा छोरा हुन् । राताेखवर

 

प्रतिकृया दिनुहोस्