News Portal

सारङ्गी सम्राट स्व. जंग बहादुर गन्धर्वकाे विरासत धान्दै ८ वर्षीय नाति रिदम गन्धर्व

गाेविन्द अनेकपाैष २१ काठमाण्डाैं
१०३० पटक
पाैष २१ काठमाण्डाैं

सारङ्गी सम्राट स्वर्गीय जंग बहादुर गन्धर्वका नाति रिदम गन्धर्वले ८ वर्षकाे उमेरमै व्यवसायिक रुपमै गीतमा तबला बजाउन सुरु गरेका छन । रिदम अहिलेका व्यस्त तलबा बादक भुवन गन्धर्वका सुपुत्र हुन । बाल संगीतकार सक्षम सिंह थापाकाे संगीत रहेकाे गीतमा पहिलाेपटक बजाएर रिदम गन्धर्वले व्यवसायिक रुपमा तबला बादनलाई अगाडी बढाएका हुन । सानाे उमेरमै उनकाे याे तबला प्रतिकाे आकर्षले भाेली उनलाई स्थापित म्यूजिसिएनकाे रुपमा हेर्न सकिने कुरामा दुईमत छैन ।

हजुरबुवा जंग बहादुरकाे त्याे सांगीतिक इतिहास र विरासत नाती रिदमले थाम्ने आँट गरेका छन । उनका बुवा भुवनले छाेरा रिदमकाे चासाे र चाहाना तबलामै भएकाले तबला सिक्न आफूले प्रेरित गरेकाे बताउछन । वर्तमान सांगीतिक बजारमा तबलामा भुवन गन्धर्वले एकक्षत्र राज गरिरहेका छन । भुवनले बजाएका अधिकांश गीतहरु सांगीतिक बजारमा सर्वप्रिय रहेका छन । हजुरबुवा र बाबाकाे गन्तव्यमा हिड्न थालेका विलक्षण प्रतिभाका धनी बाल तबला बादक रिदमकाे उज्वल भविष्यकाे कामना सहित सफलताकाे शुभकामना व्यक्त गर्दछाैं ।

गीतमा तबला बजाउदै बुवा छाेरा भुवन रिदम साथम संगीतकार सुदाम थापा

 

 

सारङ्गी सम्राट स्व. जंग बहादु गन्धर्व

प्रतिकृया दिनुहोस्