News Portal

तिम्रो संसार बाट हराएको म

दिल मगर, दाङ
९२८ पटक

लाग्दथ्यो,
लाग्दथ्यो मलाई, म तिम्रो संसार बाट कहिलै हराउदिन, जस्तो परिस्थिति आइपरेपनी डराउदिन, साथ छोड्दिन तर आज साथ छोड्न बाध्य भएको छु ।
त्यसैले त तिम्रो संसार बाट हराएको छु ।।
लाग्दथ्यो,
तिम्रो लागि सारा खुसी किन्न त सक्दिन, म गरिब छु , गरिब भएकै कारण केही गर्ने दाउमा आफ्नो गाउँ छोडेर सहरका गल्ली गल्ली बास खोजेर बसेको म
तर त्यही खुसी किन्न नसकी हराएको छु ।
लाग्दथ्यो,
तिमीसङ्ग नबोले पछि त हरपल हर रात सुन्य झै लाग्दथ्यो,
तर आजभोलि त रात मात्र होइन दिन पनि सुन्य लाग्दैछ,
किनकि तिम्रो संसार बाट हराएको छु ।
लाग्दथ्यो ,
यो जुनिमा तिम्रोलागि म हुनेछु ,अनि मेरो लागि तिमि
अबसोच तिम्रो साथ पाउन नसकेको म बिगतका सुमधुर यादगार पल सम्झनु बाहेक अरु के छर,
किनकी तिम्रो संसार बाट हराएको छु ।
सजाएका अनगिन्ती सपना ढलाएको छ
”सुरुमा”
फेशबुकमा बोल्दा , तिम्रो प्रस्तुत हुने शैलि अनि मोठासपन आवाजमा मायामोह बढे पश्चात् बसेको माया
छिनभरको डिसिजन तिम्रो…
त्यसैले तिम्रो संसार बाट हराएको छु ।
भन्नलाइ त भन्थिउ ,
जस्तोसुकै परिस्थितिमा पनि कहिलै साथ छोड्दिन तिम्रो,
मेरो बिश्वास लाग्दैन र रु बिश्वास नलागेको पनि होइन
हुनत मायामा संका र उपसंका हुनु स्वाभाविक नै हो
तर बार बार संका भन्दा माथिको प्रमाण भेटेको छु,
कारण सोध्ने मौका मिलेन, हजार प्रयास असफल भए पछि
तिम्रो संसार बाट हराएको छु ।
गल्ती अन्जानमा सबैको होला तर हजार गल्ती सायद भगवानले पनि क्षेमा नदिन सक्छन बिचार गरेर ख्याल गर,
लामो समयको मायामोह बिर्सिएर चिन्दैन भनेपछी हराउनुको बिकल्प देखिन मैले त्यसैले भन्न मन लागेको छ तिम्रो संसारबाट हराएको छु ।
हुनत पृथ्वी गोलो छ भेट होला नहोला कहि कतै भेट भैहाल्यो भने मेरा आखाले तिमिलाई देख्ने छैनन , चित्त नदुखाउनु स्वार्थी संसारमा बाध्यताले स्वार्थी बनायको छ ।

प्रतिकृया दिनुहोस्