News Portal

एमसीसीकाे विपक्षमा मतदान गर्ने माओवादी केन्द्रको निष्कर्ष

फरकपोस्ट संवाददाताफागुन ४ काठमाण्डाैं
१६७७ पटक
फागुन ४ काठमाण्डाैं

नेकपा (माओवादी केन्द्र)ले संसदमा एमसीसी टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। आज बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नभइ एमसीसी टेबल गर्न नहुने निष्कर्ष निकालेकाे छ।

बैठक पश्चात माओवादी केन्द्रका नेता देव गुरुङले सरकारमा रहने दलहरु सहमति नभइ प्रक्रिया अगाडि बढाउन नमिल्ने धारणा राखे । उनले पाँच दलीय गठबन्धनको निर्णय बिना सरकाले गर्ने निर्णय गठबन्धनको नहुने बताए । एमसीसी जबर्जस्ती गरेर अगाडि बढाए सरकारमा नरहने चेतावनी समेत नेता गुरुङले दिएका छन। उनले भने ‘गठबन्धनको निर्णय बिना सरकार आफ्नो हिसाबले अगाडि बढ्यो भने गठबन्धन तोडिने कुरा हुन्छ, गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिन्छ।’

उनले एमसीसीमा रहेका सर्त संशोधन नगरी पास गर्न नसकिने माओवादी पार्टीले निष्कर्ष निकालेको बताए। माओवादीले संसदमा प्रमुख प्रतिपक्ष दल एमालेको अवरोध कायमै राखेकाले कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने धारणा राखे। उनले पहिले संसद्को अवरोध हटाउनुपर्ने पार्टीको धारणा रहेको बताए ।

सरकारले प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी टेबल गर्ने तयारी भएको हो।

प्रतिकृया दिनुहोस्