News Portal

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

फरकपोस्ट संवाददाताफागुन १५ काठमाण्डाैं
७१८ पटक
फागुन १५ काठमाण्डाैं

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्ने भएको छ । व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने सत्तारुढ दलमा सहमति बनेसँगै नयाँ बानेश्वरको संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको हो ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई इण्डोप्यासिफिक रणनीति अन्तर्गत नभई आर्थिक सहयोगका रुपमा व्याख्या गर्दै पहिलो चरणको संसद बैठकमा एमसीसी सम्झौतासहित व्याख्यात्मक घोषणा प्रस्ताव पेश हुने र त्यसपछि दोस्रो पटक बैठक राखेर अनुमोदन गर्ने निर्णय भएको  छ ।

प्रतिकृया दिनुहोस्