News Portal

राष्ट्रियआत्मसमर्पणवादको सति जान नसक्ने भन्दै माओवादीका वडा अध्यक्षले गरे पार्टी परित्याग

फरकपोस्ट संवाददाताफागुन १९ काठमाण्डाैं
७१६ पटक
फागुन १९ काठमाण्डाैं

माओवादी केन्द्रबाट निर्वाचित एक जनप्रतिनिधिले पार्टी परित्यागको घोषणा गरेका छन् । एमसीसी पारित गर्न पार्टीले भूमिका खेलेको जनाउँदै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बहादुरसिंह महराले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनी माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सम्मेलन प्रतिनिधि समेत रहेका थिए ।

उनले अध्यक्ष प्रचण्डले  एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गर्न मुख्य भूमिका खेलेको आरोप लगाएका छन । ‘यो राजनितिक प्रतिक्रान्ती मात्रै नभएर जघन्य खालको राष्ट्रघाती कदम भएकाे उनकाे ठहर छ।

राष्ट्रिय आत्मसमर्पणवादको सति जान नसक्ने भएकोले आजकै मितिदेखि सो पार्टीको सुदुरपश्चिम प्रदेश सम्मेलन प्रतिनिधिसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा सहित पार्टी परित्याग गरेको घोषणा गर्दछु’,  उनले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै अबका दिनमा राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर अघि बढ्ने र त्यसको नेतृत्व गर्ने शक्तिसँग एकता, सहकार्य र ध्रुवीकरणको बाटोमा सरिक हुने प्रतिबद्धता पनि जनाएका छन् ।

माओवादी केन्द्र पार्टीका अध्यक्ष प्रचण्डले गम्भिर राष्ट्रघात गरेकाे आराेप लगाउदै पार्टीका शिर्ष नेताहरुले नै असहमति जनाउदै आएका छन भने देशभर माओवादी केन्द्र पार्टीबाट अलग हुनेहरुकाे संख्या ह्वातै बढेकाे छ ।

प्रतिकृया दिनुहोस्