News Portal

प्यूठानमा यात्रुबहाक बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु

फरकपोस्ट संवाददाताचैत ५ काठमाडौं
६८० पटक
चैत ५ काठमाडौं

प्यूठानमा यात्रुबहाक बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । माण्डवी गाउँपालिकाको तारिवाङमा
प्यूठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परि अन्य ३० जना घाइते भएका छन् ।

दुर्घटनामा एक जना बालकको मृत्यु भइसकेको र थप विवरण आउन बाँकी रहेको स्थानीयलाई उदृत गर्दै दुर्घटनास्थलमा पुगेका पत्रकार राजेन्द्र रावत क्षेत्रीले जानकारी दिए ।

दुर्घटनामा घाइते र मृतक सबैलाई स्थानीयले उद्धार गरी नजिकैको स्वास्थ्यचौकीमा लगिएको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् । उनीहरु सबैलाई दाङको बगंलाचुली लैजाने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्