News Portal

टेके र मायाकाे प्रेमकथा “टेकमाया” सार्वजनिक

गाेविन्द अनेकचैत ९ काठमाण्डाैं
९३८ पटक
चैत ९ काठमाण्डाैं

संगीतकार श्री कृष्ण बम मल्लको नयाँ गीत “टेकमया” सार्वजनिक भएको छ । विशेष गरेर सुगम संगीत विधाका गीतहरु सृजना गर्दै आएका मल्लकाे केही समय अगाडी डाँडा घरे साइली नामक दाेहाेरी गीत ले नेपाली संगीत बजारमा हङ्गामा नै मच्चाएको थियो गीत झन्डै ३ करोड हाराहारीमा युटुबमा हेरिएकाे छ । संगीतकार मल्ल सृजना गर्दा माैलिकतालाई विशेष ख्याल गर्ने हुदाँ उनका गीतमा प्रशस्त माैलिकताका आयामहरु पाईन्छ ।

“टेक माया” बोलको गीत पनी सार्वजनिक भएको छोटो समयमै दर्शकको राम्रो क्रिया प्रतिक्रिया पाइरहेकाे छ । श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लकाे आफ्नै युट्युव च्यानल बाट सार्वजनिक गरिएको  गीतमा स्वर, राम कृष्ण बम मल्ल र लक्ष्मी मल्ल ले दिएका छन । गीतको लय तथा शब्द सिर्जना श्रीकृष्ण बम मल्लकै रहेको छ।

गीतमा गाउँले जीवनमा हुने प्रेममलाई दर्शाइएकाे छ । मेलापात, गाई गाेठालाे, घट्ट पसल जादै गर्दा हुने वा देखिने माया पिरतीकाे वास्तविक कुरालाई म्युजिक भिडियाेमा उठाउन खाेजिएकाे छ । टेके र माया नामका दुई मुख्य पात्रलाई गाउँले जीवनमा हुने प्रेम जाेडिएकाे रुपमा देखाइएकाे छ । भिडियाेमा प्रशस्तै माैलिक दृश्यहरु देखाइएकाे छ  यस हिसाबले पनि गीत अत्यन्तै माैलिक ठहरिएकाे छ ।

मौसम हिमालीको निर्देशन मा तयार भएको सो गीतको म्युजिक भिडियोमा प्रकाश सपुत, करिस्मा ढकाल लगायतको अभिनय रहेको छ । गीतले सबैकाे मन जिताेस् शुभकामना ।

प्रतिकृया दिनुहोस्