News Portal

सुनिल गिरीको झम्के साँझ छोटो समयमै लोकप्रिय बन्दै

फरकपोस्ट संवाददाताचैत १२ काठमाडौं
८५३ पटक
चैत १२ काठमाडौं

लोकप्रिय गायक विशेषतः युवा पुस्ताका ढुकढुकी सुनिल गिरीको नयाँ गीत “झम्के साँझैमा” सार्वजनिक भएको छोटो समयमै अत्यन्तै लोकप्रिय बनेको छ । हामीले यो समाचार तयार पार्दासम्म गीत अहिले युटुबको ट्रेडिङ नम्बर ३ मा छ भने ५ लाख ८५ हजार पटक हेरिएको छ ।

गीतमा सुनिल गिरीको शब्द, संगीत र संगीत संयोजन रहेको छ भने स्वरमा गिरीलाई गायिका सुनिता तिमिल्सिनाले साथ दिएकी छिन ।

गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो भने मिक्सिङ्ग श्यामश्वेत रसाइलीले गरेका हुन ।

म्युजिक भिडियोमा पल शाह, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरुको बेजोड नृत्य प्रस्तुति रहेको छ । गीत अझै सफल बनोस् हाम्रो शुभकामना ।

प्रतिकृया दिनुहोस्