News Portal

राप्रपा आफ्नै बलबुताले चुनाव लड्छ : राजेन्द्र लिङ्देन

फरकपोस्ट संवाददाताचैत १९ काठमाडौं
४९८ पटक
चैत १९ काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा राप्रपाले कसैसँग गठबन्धन गर्न आवश्यक नरहेको बताएका छन् ।

उदयपुर सदरमुकाम गाईघाटमा राप्रपा उदयपुरद्वारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आवश्यकता हेरी गठबन्धन गर्न सकिने भएपनि राप्रपासँग आफ्नै बलबुताले चुनाव लड्ने सक्ने सक्षमता रहेको बताए ।

स्थानीय निर्वाचनमा सुशासनको मुद्दालाई मूल विषय बनाउने अध्यक्ष लिङ्देनले बताए । उनले देश ३१ वर्ष निक्कमाहरूले शासन गर्दा अहिलेको अवस्था आएको आरोप समेत लगाए ।

सभामा राप्रपाका केन्द्रीय नेता विक्रम पाण्डे, हरिबहादुर बस्नेत, ज्ञानेन्द्र शाही लगायतले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्