News Portal

आहुति बने वैज्ञानिक समाजवादी पार्टीको महासचिव

फरकपोस्ट संवाददाताचैत २० काठमाडौं
३१८४ पटक
चैत २० काठमाडौं

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा विश्व भक्त दुलाल “आहुति” चयन भएका छन् । काठमाडौंमा शनिबार सकिएको प्रथम राष्ट्रिय भेलाले आहुतिको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

केन्द्रीय समितिमा ४० प्रतिशत महिला सहभागिताको व्यवस्था गरिएको केन्द्रीय सदस्य महावीर विश्वकर्माले जानकारी दिए । समितिको कार्यकाल ४ वर्षको रहनेछ ।

भेलाले नन्दन अर्यालको संयोजकत्वमा कार्यकारी अधिकारसहितको ‘प्रबुद्ध समिति’ समेत चयन गरेको छ ।

भेलाले चुनाव बहिष्कार गर्ने, एमसीसीविरुद्ध संयुक्त मोर्चा निर्माणमा पहल गर्ने लगायतका ८ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको छ । साथै वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्ने ठोस कार्यदिशासहितको राजनीतिक प्रस्ताव, सांस्कृतिक रुपान्तरणको ठोस कार्ययोजना र विधानसमेत पास गरेको केन्द्रीय सदस्य विश्वकर्माले बताए ।

वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेला बिहीबार सुरु भएको थियो । भेलामा देशभरिबाट पार्टीका नेताहरू सहभागी थिए ।

प्रतिकृया दिनुहोस्