News Portal

शान्ति श्री परियार शनि विश्‍वकर्माकाे आवाज वादल र अञ्जलीकाे कारुणिक कथा बाचे भेटुम्ला

फरकपोस्ट संवाददाताचैत २९ काठमाण्डाैं
११८७ पटक
चैत २९ काठमाण्डाैं

लाेकप्रिय गीतकार संगीतकार वादल घिमिरेकाे नयाँ गीत “बाचे भेटुम्ला” सार्वजनिक भएकाे छ । चर्चित गायिका शान्ति श्री परियार र आईएमी लाेक स्टार शनि विश्‍वकर्माकाे गीतमा आवाज रहेकाे छ । यस अघि यसै टिमकाे सहकार्यमा रहेकाे गीत अग्लाे तारे भिर निकै चर्चित बनेकाे थियाे । जुन गीतकाे लाेकप्रियता अझै पनि उत्तिकै छ ।

गीतमा शब्द संगीत वादल घिमिरेले सृजना गरेका हुन भने म्युजिक भिडियाेमा पनि वादल र चर्चित माेडल अञ्जली अधिकारीकाे जीवन्त अभिनय रहेकाे छ । गीतकाे संगीत संयाेजन कृष्ण भान्जाले गरेकाे हुन । श्यामश्‍वेत रसाइलीकाे मिक्सिङ रहेकाे यस गीतकाे रेकर्ड कमल थापाले गरेकाे हुन भने रेकर्डिङ प्रिज्म स्टुडियाेमा गरिएकाे हाे ।

प्रकाश खड्ककाे छायांकन मिलन विश्‍वकर्माकाे सम्पादन तथा विक्रम चाैहानकाे निर्देशनमा तयार पारिएकाे यस म्युजिक भिडियाेलाई वादल घिमिरेकाे आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएकाे छ । गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेस् हाम्राे तर्फवाट शुभकामना ।

प्रतिकृया दिनुहोस्