News Portal

स्वर्गद्वारी नगरपालिकामा गठबन्धनकाे भागवण्डा टुंगियाे

फरकपोस्ट संवाददाता
२८०७ पटक

प्यूठानको स्वर्गद्वारी नगरपालिकामा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले चुनावी गठबन्धन गर्ने निश्चित गरेका छन । नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रले गठबन्धन गर्ने निर्णय गर्दै संयुक्त बक्तव्य सार्वजनिक गर्दै विभिन्न पदको भागवण्डा समेत गरेका छन ।

नगरपालिकाको मेयर नेपाली काँग्रेस र उपमेयर राष्ट्रिय जनमोर्चालाईको भागमा परेको छ ।त्यस्तै वडाहरुमा राजमोलाई ४ वटा, काँग्रेसालाई ३ वटा र माओवादीलाई २ वटा भागमा परेको छ । दलहरुबिच वडाअध्यक्ष जुन पार्टीको छ त्यसै पार्टीको चुनाव चिन्हमा वडा सदस्यहरु उम्मेद्धार हुने सहमति समेत गरेका छन ।

प्रतिकृया दिनुहोस्