News Portal

गायक प्रमोद खरेल चढेको गाडी दुर्घटना ! यस्तो छ अहिले अवस्था

फरकपोस्ट संवाददाताबैशाख १५ दाङ
८४८ पटक
बैशाख १५ दाङ

लोकप्रिय गायक प्रमोद खरेल चढेको गाडी दुर्घटनामा परेको छ । गएराति एक बजेतिरनेपालगञ्जबाट दाङको तुलसीपुरमा जाँदै गर्दा गाडी दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन ।

दाङकै अस्पतालमा उपचारपछि बिहान काठमाण्डौ आएर स्वास्थ्य जाँच गराएको उनले बताएका छन । शरिरको बाहिरी भागमा चोट लागे पनि भित्री भागमा चोट नलागेको स्वास्थ्य जाँच रिपोर्टबाट थाहा भएको र केही दिन आराम गर्ने उनले जानकारी दिएका छन । एअर ब्याग र सिट बेल्टकाे प्रयाेग गरेका कारण आफ्नाे ज्यान जाेगिएकाे फेसबुक स्टाटस मार्फत जानकारी गराएका छन ।

प्रतिकृया दिनुहोस्