News Portal

प्यूठानमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन

फरकपोस्ट संवाददाताबैशाख १७ काठमाण्डाैं
१०४१ पटक
बैशाख १७ काठमाण्डाैं

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन कार्यालय प्यूठानले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो ।

कार्यालयले सार्वजनिक गरेको नामावली अनुसार प्यूठानमा ९ सय २१ जनाको नामावली सार्वजनिक भएको छ । नौ स्थानिय तहको प्रमुखका लागि ४१ जना चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन कार्यालय प्यूठानका प्रमुख राजन श्रीवास्तवले जानकारी दिए । उनका अनुसार प्रमुख वा उध्यक्षका लागि प्यूठान नगरपालिकामा चार स्वर्गद्वारी नगरपालिकामा छ, नौबहिनी गाउँपालिकामा चार र झिमरुक गाउँपालिकामा पाँच जनाको अन्तिम नामावली प्रकाशन गरिएको हो ।

यस बाहेक गौमुखी गाउँपालिकामा छ, सरुमारानी गाउँपालिकामा चार, ऐरावती गाउँपालिकामा तिन, मल्लरानी गाउँपालिकामा दुई र माण्डवी गाउँपालिकामा सात जनाले प्रतिस्पर्धा गर्ने छन् । उपप्रमुख तथा उपाध्यक्षका लागि नौ स्थानीय तहमा २८ जनाको नामावली प्रकाशन गरिएको छ । ३१ जनाले मनोनयन दर्ता गराएको भएपनि तीन जनाले हिजो उम्मेदवारी फिर्ता लिएका थिए । ४५ जनाले प्रमुखमा उम्मेदवारी दर्ता गराएकोमा चार जनाले उम्मेदवारी फिर्ता गराएका छन् ।

यस्तै १९८ जनाले ६४ वडाका लागि प्रतिस्पर्धा गर्दै छन् । २२२ जनाले उम्मेदवारी दर्ता गराएपनि २५ जनाले आफ्नो उम्मेदवारी फिर्ता गराएका छन् ।

अब प्यूठान नगरपालिकामा सबै पदका लागि १४८, स्वर्गद्वारी नगरपालिकामा १११, नौबहिनी गाउँपालिकामा ११२, झिमरुक गाउँपालिकामा १०९, गौमुखी गाउँपालिकामा १३१, सरुमारानी गाउँपालिकामा ६७, ऐरावती १०१, मल्लरानी ७५ र माण्डवी गाउँपालिकामा ६७ जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ । कान्तिपुर

प्रतिकृया दिनुहोस्