News Portal

स्वर्गद्वारी नगरपालिका मेयर पदका उम्मेद्वार रामप्रसाद श्रेष्ठकाे अपिल

फरकपोस्ट संवाददाता
१७३५ पटक

हार्दिक अपिल

आदरणीय नगरवासी आमा–बुवा, दाजुभाई तथा दिदिबहिनीहरु

सर्वप्रथम, नयाँ वर्ष २०७९ सालको अबसरमा सम्पूर्ण नगरवासी आमा बुबा, दाजु भाई तथा दिदिबहिनीहरु, राजनितिज्ञ,कर्मचारी, पत्रकार शिक्षक, बिद्यार्थी, साहित्यकार, कलाकर्मी,संघसस्था, मानब अधिकारकर्मी, सुरक्षाकर्मी, यातायात व्यबसायी, मजदूर, स्वास्थ्यकर्मी, कानुन व्यबसायी, निर्माण व्यवसायी उद्योगी तथा शुभेच्छुक सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

समृद्धि र स्वर्गद्वारी नगर विकासको आव्हान, सुर्य चिन्हमा मतदान

आदरणीय नगरवासी दिदीबहिनी तथा दाजुभाईहरु

हामीहरु यतिवेला स्थानीय तहको निर्वाचनको संघारमा उभिएका छौ । गाँउ, नगर र सिंगो देश निर्वाचनमय भएको छ । पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा–एमाले पहिलो शक्तिको रुपमा उदयमान भएका यहाँहरु सबैलाई सर्बबिदितै छ । यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फवाट स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुख (मेयर) जस्तो गरिमामय पदको उम्मेदवारी पदमा तपाईहरु समक्ष उपस्थित हुन पाउदा आफूलाई निकै नै भाग्यमानी ठानेको छु । आज म स्वयम् क. राम प्रसाद श्रेष्ठ नेकपा एमाले स्वर्गद्वारी नगरपालिकाको घोषणापत्र र मेरो सानो हार्दिक अपिल लिएर तपाईहरुको हरेक बस्ती–बस्ती र टोल टोलमा मलाई मेयर पदमा जिताउनुहुनेछ भन्दै तपाईको अमूल्य मत अर्थात भोटको अपेक्षा सहित घरदैलो अभियानमा उपस्थित भएको छु ।

सामान्यता मेरो ऐतिहासिक जीवनको बारेमा धेरै नगरवासीहरुले बुझिसक्नु भएको छ । बुबा नेत्र प्रसाद श्रेष्ठ र आमा शोभा कुमारी श्रेष्ठका ३ भाई सन्तान मध्य म माहिलो सन्तानको रुपमा २०२९ बैशाख २४ गते यस धर्तिमा पाइला टेकेको हुँ । मेरो औपचारिक शिक्षा गाँउकै अमर माध्यमिक बिद्यालयबाट आरम्भ गरको हुँ । नेपालमा पहिलो जनआन्दोलन २०४६ चलिरहेको बेला मैले बिद्यालय तहको एस.एल.सी. परिक्षा अमर मा.बि.बाट नै उर्तिण गरेको थिए । महेन्द्र बहुमुखी क्याम्पस दाङ्गवाट समाजशास्त्र र राजनिति शास्त्रमा स्नातक तह पास गरेपछि बेल्बास मा.वि तापामा २०५५ सालमा ३ बर्ष शिक्षण पेशामा लागि केही आर्थिक जोहो गरि औपचारिक शिक्षा काठमाण्डौको त्रिभूवन विश्वबिद्यालयवाट राजनितिशास्त्रबाट मास्टर डिग्री प्रथम बर्ष समेतको अध्ययन पुरा गरेको छु ।

बि.स २०५६ सालदेखि चन्द्रेश्वरी प्रा.बि.मा बि.व्य.स.को अध्यक्ष पदको कार्यभार सम्हाल्दै द एसिया फाउण्डेसन अफ नेपालको संयोजक भएर झण्डै ३ बर्ष काम गरको अनुभव छ ।
त्यसैगरी स्वर्गद्वारी सामुदायिक बहुमुखी विकास केन्द्रको संस्थापक अध्यक्ष भएर १० बर्ष काम गरेको छु । नेपाल रेडक्रस सोसाइटी स्वर्गद्वारी उपशाखाको सभापति भएर सामाजिक सेवामा योगदान गरेको राम्रो अनुभब छ । नगरपालिका भित्र आफ्नै गौरवपूर्ण ईतिहास बोकेको अमर क्याम्पसमा स्थापना कालदेखि समितकिो सदस्य हुदै अध्यक्ष पदमा लगातार तिन कार्यकालसम्म अध्यक्ष भएर हालसम्म पनि काम गरिरहेको छु । भिङ्ग्री बजार क्षेत्रमा माण्डबी लिफ्ट खानेपानीको बिस्तृत योजना मेरै पहलमा २०६८ सालमा सम्पन्न भएको हो । हाल म नेकपा एमाले स्वर्गद्वारी नगरपालिका नगर कमिटीको अध्यक्ष पदमा रहेर देश, जनता र समाजको सेवा गरिरहेको छु ।

आदरणीय न्यायपे्रमी जनसमुदायहरु
आज हाम्रो देश इतिहासकै कठिन मोडमा आएर उभिएको छ । राजनीतिक स्थिरता र समाबेशी लोकतन्त्रको जग मजबुत हुदै गएपनि आर्थिक समृद्धिप्रतिको नेपाली जनताको युगौयुगदेखिको सपना जस्ताको तस्तै छ । अघि बढिसकेको मुलुकलाई पछि धकेल्ने र देशलाई कमजोर गर्र्ने समुह पनि त्यत्तिकै सकृय रहेका छन, यही बेला हो सचेत नेपाली जनताले आफना भबिष्यमाथि खेलवाड गर्न खोज्ने प्रवृति र पात्रलाई पराजित गरी मुलुकमा विकासको लहर ल्याउन सक्ने दल र उम्मेदवारको पहिचान गर्ने । तसर्थ,आगामी निर्वाचनमा राष्ट निर्माण र आर्थिक सामाजिक समृद्धिको लागि जनताले दुरदर्शी नेतृत्व चयन गर्न नेकपा एमालेलाई चिन्न जरुरी छ ।

हाम्रो यस स्वर्गद्वारी नगरपालिकामा २०७४ सालको स्थानीय चुनावमा माओबादी र राष्ट्रिय जनमोर्चा बीचको गठबन्दन हुदाँहुदै पनि मेयर,उपमेयर र ४ वटा वडा जित्न सफल भयो । तर हाम्रो पार्टी कार्यापालिकामा अल्पमतमा पर्न गएकोले घोषणा गरे बमोजिम सबै काम गर्न सकिएन् । बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको चुनावमा पनि पाँच दलीय गठबन्धनको हाम्रो जनप्रिय पार्टी नेकपा एमालेले एक्लै सामना गर्दैछ । त्यसैले अब हुने स्थानीय तहको निर्वाचनमा म लगाएत मेरो प्यानलका सुर्य ध्वजावाहक उम्मेदवार कमरेडहरुलाई सुर्य चिन्हमा छाप लगाई अत्यधिक बहुमतले बिजयी गराउनु भयो भने आम नगरबासीहरुको हितमा अबश्य काम गर्नेछु ।

क. राम प्रसाद श्रेष्ठ
मेयर पदका उम्मेद्वार 
स्वर्गद्वारी नगरपालिका

प्रतिकृया दिनुहोस्