News Portal

स्वर्गद्वारी नगरपालिका २ मा गठबन्धनकाे प्यानल विजयी

फरकपोस्ट संवाददाताजेठ १ स्वर्गद्वारी
१४२० पटक
जेठ १ स्वर्गद्वारी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनबाट राष्ट्रिय जनमोर्चाका बुद्धिराम पुन विजयी भएका छन् । उनले ११ सय ४५ र प्रतिस्पर्धी एमालेका मेघ बहादुर घर्तीले ६ सय ९८ मत लिएका छन् ।

उनीहरुबीच ४४७ मतान्तर भएको छ । वडा सदस्यमा शिवा देवी केसी, दलित महिला सदस्यमा रामकली सुनार, खुल्ला वडा सदस्यमा विष्णु खनाल र पूर्ण बहादुर घर्तीमगर विजयी भएका छन् ।

 

प्रतिकृया दिनुहोस्