News Portal

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी

फरकपोस्ट संवाददाताजेठ १३ काठमाडौं
९०४ पटक
जेठ १३ काठमाडौं

बालेन्द्र शाह बालेन काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका छन् ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेनले ६१ हजार ७६७ मत लिएर काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका छन । यनी लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका थिए ।

सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरूलाई हराउँदै बालेनले मेयर पद जित्न सफल भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याईकी छन् । त्यस्तै नेकपा (एमाले) का उम्मेदवार तथा पूर्वमेयर केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरेका छन ।

बालेन काठमाडौंको वडा–९ तीनकुने, गैरिगाउँका स्थायी बासिन्दा हुन् ।

यसैगरी, उपमेयरमा नेकपा (एमाले) की उम्मेदवार सुनिता डंगोल विजयी भएकी छिन् । डंगोलले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्