News Portal

अपडेट : बेपत्ता विमान यस्तो अवस्थामा भेटियो

फरकपोस्ट संवाददाताजेठ १५ मुस्ताङ
१७५५ पटक
जेठ १५ मुस्ताङ

तारा एयरको विमान मुस्ताङको थासाड गाउँपालिकाको नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खोजीमा गएको टोलीका एक सदस्यले दुर्घटनाग्रस्त विमान भेट्टिएको जानकारी दिए ।

विमान दुर्घटना भएको ठाउँमा हेलिकोप्टर भने लान सकिएको छैन । मौसमको खराबीका कारण सुरक्षाकर्मीहरु पैदलै उक्त क्षेत्रमा पुगेका छन् ।

विमानका यात्रुहरुबारे भने केही जानकारी दिइएको छैन । पोखराबाट जोमसोमका लागि उडेको वेपत्ता तारा एयरको विमान आज विहान वेपत्ता भएको थियो । विमानमा चालक दलका ३ सदस्य र १९ यात्रुसहित २२ जना छन् -तस्बिरः निरज तामाङको फेसबुक पेजबाट

प्रतिकृया दिनुहोस्