News Portal

प्यूठानमा मृगलाई हानेको गोली लागेर एकजनाको मृत्यु

फरकपोस्ट संवाददाताजेठ १६ काठमाडौं
१८४८ पटक
जेठ १६ काठमाडौं

शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएपछि सँगै गएका १० जना व्यक्ति पक्राउ परेका छन् । ऐरावती गाउँपालिका वडा नं. १ दाङवाङमा शिकार खेल्ने क्रममा स्थानीय ३४ वर्षीय द्रोण बहादुर आलेमगरको मृत्यु भएपछि सँगै गएका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दोबाटो सामुदायिक वनको डाँडाथरीमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञान बहादुर नेपालीले मृगलाई हानेको गोली आलेमगरको टाउकोमा लागेको प्रहरीले जनाएको छ । हिजो दिउँसो घटना भएपनि प्रहरीलाई राती मात्र खवर आएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो ।

प्रहरीले सिकार खेल्ने क्रममा प्रयोग भएको २ नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । त्यसैगरी बन्दुक हान्ने ज्ञान बहादुर नेपाली सहित ओम बहादुर पुन, कृष्ण बहादुर पुन मगर, भुप बहादुर पुन मगर, टिकाराम पुन, ड्याम बहादुर पुन, झविन्द्र थापा, विशाल घर्ति, झिमरुक गाउँपालिका ४ बस्ने गुञ्ज बहादुर पुनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

४ जना व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो । प्यूठान समाचार

प्रतिकृया दिनुहोस्