News Portal

गायक खेम सेञ्चुरी र सपना राेकाकाे आवाजमा रहेकाे गीत ‘नन्दनी’ चर्चामा

गाेविन्द अनेकअसार २ काठमाण्डाैं
९८५ पटक
असार २ काठमाण्डाैं

गायिका सपना रोकाको नयाँ दोहोरी गीत ‘नन्दनी’  सार्वजनिक भएको छ । लाेकप्रिय दोहोरी गायक एवं सर्जक खेम सेन्चुरी र गायिका सपना रोकाले आवाज दिएकाे यस गीतकाे शब्द सर्जक विक्रमबाबु विश्‍वकर्माले सृजना गरेका हुन । नन्दु परियारकाे संगीत रहेकाे यस गीतकाे संगीत संयाेजन कृष्ण भान्जाले गरेका हुन भने मिक्सिङ श्यामश्‍वेत रसाइलीले गरेका हुन । प्रिज्म स्टुडियाेमा रेकर्ड गरिएकाे यस गीतकाे रेकर्डिङ गाेविन्द अनेक र किरण विश्‍वकर्माले गरेका हुन् ।

सुनिल क्षेत्रीको निर्देशन एवम् कोरियोग्राफी, करन चौसिरले छांयाकन, विकास ज्ञवालीले सम्पादन, सुनिल क्षेत्री र कविता न्यौपानेको  लाेभलाग्दाे नृत्यमा म्युजिक भिडियाे तयार पारिएकाे छ । प्रेमिल जाेडीका माया प्रेममा आधारित विषयबस्तु उपर सृजना गरिएकाे  गीतमा सर्जकले शब्दमा सरला र संगीतमा माैलिकता झल्काएका छन ।

गीतकाे म्युजिक भिडियो Sapana Roka अफिसियल युटुव च्यानलबाट  सार्वजनिक गरिएकाे छ । हामीले याे समाचार तयार पार्दासम्म गीत युटुबमा एक लाख भन्दा बढी पटक हेरिसकिएकाे छ । गीतकाे लाेकप्रियता टिककट्क तिर पनि उत्तिकै रहेकाे छ ।

फरक तर माैलिकताकै बिचबाट जन्मिएकाे गीत नन्दनीले सबैखाले दर्शक श्राेताकाे मन जिताेस् शुभकामना दिन चाहान्छाैं ।

गीतको पुरा म्युजिक भिडियो :

प्रतिकृया दिनुहोस्