News Portal

संस्कृति बिथाेल्ने र माैलिकता मास्ने तीज गीतलाई बहिष्कार गराैं

गाेविन्द अनेक
७७७ पटक

नेपाली हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीज नजिकिदै आउदा कलाकारहरुले तीज गीतहरु धमाधम बजारमा सार्वजानिक गरिरहेका छन । तीज लक्षित गीतहरुले यतिबेला नेपाली सांगीतिक बजार तातिएकाे छ । तीज गीत  भन्नासाथ  नारीका  पिर व्यथा र वेदना बाेल्ने गीतहरुलाई उग्रस्थानमा लिने गरिन्छ ।

तीज गीत मार्फत नारीहरुले आफूले भाेग्ने गरेका विभिन्न उतारचढाव, सुखदुखका विषयलाई व्यक्त गर्ने हाम्राे नेपाली संस्कृति नै रहेकाे छ । वर्षमा एकदिन आउने तीजमा नारीहरु खुसीका साथ रमाउने सकेकाे र क्षमताले भ्याएसम्मकाे राम्राे कपडा लगाउने मीठाे खाने र साथी संगीहरु संग रमाइलाे गरेर मनाउने नेपाली परम्परा रहेकाे छ । उहिले उहिलेका तीज गीतमा जम्मै नारीका पिर व्यथा समेटिएका हुन्थे जुन गीतहरु सुन्दा हरेक नारीका आखाँ रसाएर आउथे तर अहिले संस्कृतिकाे नाममा  छाडा, उत्ताउला र समाजमा अपाच्य हुने शब्द दृश्य र विषयवस्तु राखेर निर्माण गरिएका कैयाैं तीज गीतहरु पनि आउने गरेका छन् ।

केही मात्रामा माैलिकता बचाउने जाेगाउने र संस्कृति धान्ने कलाकार सर्जकहरु भएपनि गीतहरु उनीहरुद्वारा सृजना गरिएर गाइएपनि तुलानात्मक रुपमा याे संख्या निकै कम रहेकाे देखिन्छ। संस्कृतिकाे संरक्षण र संवर्द्धन भन्दा पनि सस्ताे लाेकप्रियता र डलर माेहले संस्कृतिमाथि निर्मम प्रहार भइरहेकाे छ । माैलिकता र संस्कृति जाेगाउने गीतहरु सृजना भएर बजारमा आएपनि माैलिकता मास्ने र संस्कृति बिथाेल्ने समाज भड्काउने खालका तीज गीत संगीतले वास्तविक तीज गीतहरुलाई छायाँमा पारिरहेका छन । यस्ता माैलिकता र संस्कृतिकाे मर्मलाई आत्मसाथ गरेर गीत सृजना गर्ने सर्जक र गाउने गायक गायिकाहरु विस्तारै पलायन हुदै गएकाे पनि पाईन्छ किनभने उनीहरुले सृजना गरेर गाएर खानलाई गाह्राे भइसक्याे उनीहरुका सृजना विक्न छाडिसके ।

संस्कृति र माैलिकता जाेगाउने जिम्मा कलाकार र सृजनाकारकाे मात्र हाेइन, हाम्राे पनि हाे । हामीले वास्तविक तीज गीत र माैलिक सृजनालाई उच्च प्राथमिकता दिने हाे भने गलत सृजना बनाउने र गाउनेहरु स्वतं बढारिएर जान्छन् ।

अब हामी र हाम्राे समाजकाे परिपाटीलाई पनि बदल्नुपर्छ । संस्कृति र माैलिकता जाेगाउने जिम्मा कलाकार र सृजनाकारकाे मात्र हाेइन, हाम्राे पनि हाे । हामीले वास्तविक तीज गीत र माैलिक सृजनालाई उच्च प्राथमिकता दिने हाे भने गलत सृजना बनाउने र गाउनेहरु स्वतं बढारिएर जान्छन् । तर हामीले त्यसाे गरिरहेका छैनाैं गरेका छाैं त के भने माैलिकताकाे बलात्कार गर्ने, संस्कृति बिथाेल्ने समाज भड्काउने  खालका गीत संगीतलाई उच्च प्राथमिकताका साथ हेरिरहेका छाैं । यसअर्थ अब हामीले हामीलाई बदलाैं,साेचाइमा फराकिलाेपन ल्याउँ । गलत विषयलाई बाेक्ने हरेक कुराकाे विराेध गराैं त्यस्ता विषय सृजना गर्ने उत्पादन गर्ने र समाजमा संस्कृतिमा जर्बजस्त लाड्न खाेज्नेहरुलाई खबरदारी गराैं । सामाजिक बहिष्कारकाे अभियान चलाओैं । तब मात्र हाम्राे समाज सुध्रिने छ । हाम्राे संस्कार फेरिने छ । संस्कृति बच्ने छ अनि मात्र हामी नेपाली हाम्राे नेपाल र हाम्राै सांस्कृति माैलिकता गीत संगीत बच्ने छ । जय गीत जय संगीत 

 

प्रतिकृया दिनुहोस्