News Portal

स्वर्गद्वारी दर्शन गरेर फर्किदै गरेकाे बलेरो दुर्घटना, एक जनाको मृत्यु ९ जना गम्भीर घाइते

झईन्द्र भण्डारी/गन बहादु पेस्ताेलसाउन १४ काठमाण्डाै‌
७०५ पटक
साउन १४ काठमाण्डाै‌

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेका तिर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा दुर्घटना भएको छ  ।  दुर्घटनामा परि एक जनाकाे मृत्यु भएकाे छ भने  १४ जना घाइते भएका छन । १७ जना बोकेको सिङ्गल क्याप बलेरो दुर्घटना भएको  हाे ।   घाइते मध्य ९ जनाको अवस्था गम्भीर रहेकाे  इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानले बताएको छ । रुपन्देही जिल्लाका मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तिर्थयात्रीहरू स्वर्गद्वारी मन्दिर दर्शन गर्नका निम्ति आएका थिए ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका ३ कि ३२ वर्षीय गुडिया ठाकुर रहेको प्रहरीले बताएको छ । घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचार पछि एडवन सिटी अस्पताल बुटवल पठाउने क्रम जारी छ रहेको उद्धारमा खटिएका नगरप्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनु भयो । गाडी ब्रेक नलागेर दुर्घटनामा परेकाे बुझिएकाे छ ।  थप विवरण आउन बाँकी

 

 

 

प्रतिकृया दिनुहोस्